जुवा खेलेको आरोपमा गधा पक्राउ !

इस्लामाबाद(एजेन्सी) । कोरोना भाइरसको कहरमा जुधिरहेको पाकिस्तानमा एक गधा जुवा खेलेको आरोपमा पक्राउ परेको छ । पाकिस्तानको पन्जाब प्रान्तको रहीम यार खान इलाकामा शनिबार प्रहरीले यो गधालाई पक्राउ गरेको हो । गधाका साथ आठ अन्य शंकास्पद व्यक्तिहरु पनि पक्राउ परेका छन् । यो गधाको नाम एफआइआरमा दर्ता थियो ।

रहीम यार खान इलाकाका एसएचओले अन्य शंकास्पदसहित गधाको नाम पनि एफआइआरमा दर्ता गरिएको जनाए । आरोपित गधालाई प्रहरी कार्यालय परिसरमा बाँधिएको छ । प्रहरीले जुवा खेलेको स्थानबा एक लाख २० हजार रुपैंयाँ पनि बरामद गरेको छ । जुवाडेहरुले गधाको दौडमा पैसा लगाइरहेका थिए । प्रहरीको यो कामको इलाकामा मात्र नभई सामाजिक सन्जालमा पनि चर्चाको विषय बनेको छ ।

डेविड डी नामका सामाजिक सन्जाल प्रयोगकर्ताले ‘क्या कुरा छ । यो गधा निकै स्मार्ट छ । आश्चर्यको कुरा छैन किनकी पाकिस्तान विश्वमा सबैभन्दा बढी गधा निर्यात गर्ने मुलुक हो । किनकी पाकिस्तान वरपर यो छैन’ भन्दै लेखेका छन् । त्यस्तै सन्दीप झाले ‘यदी यसरी गधालाई पक्राउ गर्न थालियो भने रिसायत ए मदिना जीडीपीमा आएको संकटलाई हटाउन सकिन्छ’ भनी लेखेका छन् ।