संगीतमा दलाईको दलाई लामा इनर वर्ल्ड

मुम्बई(एजेन्सी) । तिब्बतबाट निर्वासित धर्मगुरु दलाई लामाले न्यूजिल्याण्डमा दिएको शिक्षामा आधारित रहेर म्यूजिक एलबम ‘दलाई लामा इनर वर्ल्ड’ तयार पारिएको छ । यो एल्बमलाई आगामी महिना सार्वजनिक गरिनेछ ।

पाँच वर्ष अघि न्यूजिल्याण्डको एक बैंकमा काम गर्ने जुनेल कुनिनले दलाई लामाद्वारा दिइएको शिक्षामा आधारित संगीतको खोजी गरेका थिए । उनले आफूलाई शान्त राख्न र आफ्नो आगामी जीवनका बारेमा केन्द्रीत गराउनका लागि संगीतको खोजी गरेका थिए । अनलाइनमार्फत खोजिएको उक्त संगीतलाई कुनिनले पाउन सकेनन् । त्यसपछि उनले यो कुरा दलाई लामा समक्ष पुर्याए । तर दलाईले यो प्रस्तावलाई विनम्रतापूर्वक अस्वीकार गरे ।

हालै भारत यात्राको दौरान कुनिनले निकै संघर्षपूर्वक लामासँग भेट्ने मौका पाए र आफ्नो निवेदन पुनः दोहोर्याए । यसपटक भने लामाले स्वीकृति दिए । यो एलबममा लामाद्वारा दिइएको शिक्षा र मन्त्र छन् । यो जुलाई ६ मा उनको ८५ औं जन्मदिनमा सार्वजनिक गरिनेछ । ‘मैले कहिले पनि उहाँले यसरी बोलेको सुनेको थिइनँ । उनी वास्तवमा निकै उत्साहित थिए । उनले मलाई संगीत कतिको महत्वपूर्ण छ भन्ने कुरा सम्झाए । उनको आँखाको चमक उठ्यो, उनको औला एकापसमा टकराव गरिरहेको थियो । उनले संगीतले विभिन्न भेदलाई पार गराउने र हाम्रो वास्तविक स्वभाव र राम्रोपनलाई फर्काउने बताएका थिए’, कुनिनले सम्झिए ।

११ ट्रयाक रहेको यो एलबम एक बुकलेटका साथ सार्वजनिक हुनेछ । कुनिनका निर्माता तथा संगीतकार पति अब्राहम र कुनिनले दलाई लामाको यो पहिलो एल्बममा पाँच वर्षसम्म काम गरेका थिए । बैंकमा काम गर्ने कुनिन हाल संगीतकार छिन् भने उनले बौद्ध धर्म अपनाएकी छन् । कुनिन न्यूजिल्याण्डबाट घर फर्किएपछि अब्राहमले दलाई लामाको सन्देशहरु र मन्त्रहरुका लागि संगीत बनाउन सहयोग गरे । यो एलबममा ग्रामी नोमिनेटेड सितार वादक अनुष्का शंकर गेष्ट अपियरेन्समा छन् । शंकरले एलबमका लागि आमन्त्रण गर्नु आफ्ना लागि सम्मानको कुरा भएको बताए ।