मुम्बई(एजेन्सी) । सामाजिक सन्जालको जन्म विश्वभर रहेका मानिसहरुलाई एकै ठाउमा जोड्नका लागि भएको हो । यसका माध्यमबाट टाढा रहेका मानिसहरु एकापसमा कुराकानी गर्न सक्छन् । आफ्नो विचार साझा गर्नका लागि भेटघाट गर्नै पर्छ भन्ने छैन । तर केही समय यता भने सामाजिक सन्जालमा नकारात्मक विषयहरुको शेयर हुन थालेको छ । जसकारण मानिसहरुबीच झगडाको वातावरण सिर्जना भइरहेको छ । सामाजिक सन्जालका कारण फैलिएको यस्तो नकारात्मकताबाट कैयौं सेलिब्रेटीहरु चिन्तित छन् र उनीहरु बेलाबेलामा सामाजिक सन्जाल छोड्ने धम्की दिइरहन्छन् ।
भोजपुरी क्वीन रानी चटर्जीले पनि आफ्नो सामाजिक सन्जालमा यस्तै कुरा राखेकी छन् । उनले हालैको दिनमा एक पोस्टमा सामाजिक सन्जालमा आफूले मानवताको दुश्मन देख्न थालेको बताएकी थिइन् । ‘मलाई यस्तो लाग्छ कि म विस्तारै विस्तारै फेसबुक, इन्स्टाग्राम र सामाजिक सन्जाललाई अलग्गिन खोज्दैछु । मलाई लाग्छ कि म चाँडै यिनीहरुबाट बिदा लिँदैछु । मलाई यी कुराहरु मानवताको दुस्मन जस्तो लाग्न थालिसकेको छ ।’ उनले सामाजिक सन्जालमा लेखेकी छन् ।
रानीको यो पोस्टमा धेरै प्रतिक्रियाहरु आइरहेका छन् । अधिकांशले उनको भनाईको समर्थन गरेका छन् । केही समय अघि सुपरस्टार सलमान खानले पनि ट्वीटरमा यस्तै पोस्ट गरेका थिए । उनले पनि सामाजिक सन्जालमा आएका नकारात्मक कुरा प्रति चिन्ता व्यक्त गरेका थिए ।