फ्रन्टलाइनरलाई कलाकारको सलुट

काठमाडौं । गायक किरण भुजेल, संगीतकार तथा गायक शंकर थापा स्माइल, गायिका बिना भट्टराई र खुशी थुलुङको स्वरमा रहेको गीत ‘सलुट’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा अम्बिका गुरुङको शब्द तथा संगीतकार शंकर थापा स्माइलको संगीत छ ।

कोभिड–१९ को महामारी तथा लकडाउनको जटिल अवस्थामा अग्रपंक्तिमा रहेर सेवामा अहोरात्र खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा समाजसेवीहरुको मनोबल बढाउन तथा उनीहरुलाई हौसला प्रदान गर्न गीत तयार पारिएको गीतकार गुरुङको भनाइ छ ।

भिडियोमा देवजंग थापाको छायांकन र निर्देशन छ । गीतमा विश्व अधिकारीको एरेन्ज छ ।