तीन विषयमा मलालाको डिग्री

न्यूयोर्क(एजेन्सी) । नोबेल शान्ति पुरस्कार मलाला युसुफजईले ब्रिटेनको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयबाट फिलोसोफी, राजनीति र अर्थशास्त्रमा डिग्री पुरा गरेकी छन् । मलाला अक्सफोर्डको लेडी मार्गरेट हल कलेजमा अध्ययन गर्थिन् । उनले शुक्रबार सामाजिक सन्जालमा दुई तस्बिर साझा गरिन् । जसमा उनले आफ्नो परिवारका साथ ठूलो कार्यक्रम राखिन् र भविष्यका लागि आफ्नो योजना सार्वजनिक गरिन् ।

२२ वर्षीया मलालाले अक्सफोर्डमा आफ्नो फिलोसोफी, राजनीति र अर्थशास्त्रमा डिग्री पुरा गरेकोमा खुशी व्यक्त गरेकी छन् । तस्बिरमा उनले परिवारका साथ केक काटेर खुशी मनाएको देख्न सकिन्छ । अर्को तस्बिरमा उनको अनुहारमा केक लागेको छ ।

मलालाले तत्काल भविष्यका लागि आफ्नो योजना पनि सार्वजनिक गरिन् । उनले धेरै नेटफ्लिक्स, पढ्ने र सुत्ने योजना रहेको खुलाइन् । मलालाको यो पोस्टमा हालसम्म १ दशमलब १ लाख लाइक र १५ हजार बढी रिट्वीट छन् । २ हार बढीले उनलाई ग्रयाजुएट भएकोमा बधाई दिएका छन् ।

मलालाले महिलाहरुको शिक्षाका लागि उभिएकाका कारण विश्वव्यापी रुपमा चर्चा पाएकी छन् । सन् २०१२ मा पाकिस्तानमा तालिबानले छात्राहरुलाई विद्यालय जान दिनुपर्ने अभियानका विरुद्ध उनको शीरमा गोली हानेका थिए । सन् २०१२४ मा मलालाले शिक्षाको वकालत गरेवापत नोबेल शान्ति पुरस्कार पाएकी थिइन् । यो पुरस्कार पाउने उनी सबैभन्दा कम उमेरकी हुन् ।