‘जात कहाँ झल्किन्छ ?’

काठमाडौं । गायक प्रताप दास, कलाकार तथा सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिविचिरन) र प्रविन भट्टको स्वर रहेको गीत ‘जात’ को भिडियो सार्वजनिक भएको छ । गीतमा ललित पौडेलको शब्द तथा ओम सुनारको संगीत रहेको छ ।

गीतको भिडियोमा अभि सुनार, गीता ढुंगाना र रविन्द्र सुवेदी फिचर्ड छन् । गीतमा जातको कारण देखाई प्रेम जोडीलाई गरिने दुव्र्यहार देखाइएको छ । चिरन्जीबीले नै निर्देशन गरेको भिडियो आहा टिभीको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।