पुरुष लुक्समा बलिउड अभिनेत्री

मुम्बई(एजेन्सी) । क्रिकेटरहरुको फिमेल लुकपछि बलिउडका अभिनेत्रीहरुको मेल लुक्सले चर्चा पाएको छ । दीपिका पादुकोण, सोनम कपुरदेखि कंगना रनावतसम्म कैयौं अभिनेत्रीको यस्ता तस्बिर सामाजिक सन्जालमा भाइरल भइरहेका छन् । तस्बिरमा अभिनेत्रीहरु छोटो कपाल, दाह्रीजुँगामा देखिएका छन् ।

दीपिका दाह्रीजुँगा र सैनिक कट कपालमा देखिएकी छन् । सामाजिक सन्जाल प्रयोगकर्ताले यो तस्बिरमा हाँसेर प्रतिक्रिया जनाएका छन् । यसअघि पति रणवीर सिंहसँग उनको बुढोपनको तस्बिर भाइरल भएको थियो । दीपिका अलावा प्रियंका चोपडा, आलिया भट्ट, सोनम कपूर, कंगना रनावत, कृति सेनन, यामी गौतम, दिशा पाटनी, ऐश्वर्या राय, ज्याकुलिन फर्नान्डिज, कियारा आडवाणी, श्रद्धा कपूर, प्राची देसाई, तापसी पन्नू, अनन्या पांडे, परिणीति चोपड़ा, भूमि पेडनेकर, उर्वशी रौतेलाको मेल भर्सन फोटो सार्वजनिक भएका छन् ।

तस्बिरमा दा्रहीजुँगा र कपालले उनीहरुलाई पुरुष रुप दिएको छ । ती तस्बिरमा एक प्रयोगकर्ताले ‘जब कसैले भन्छ, यो बाबुतिर गएको छ’ भन्दै प्रतिक्रिया दिएका छन् । यसअघि अभिनेता र अभिनेत्रीको बुढ्यौलीको तस्बिर भाइरल भएको थियो । अभिनेता अभिनेत्री आफैंले ती तस्बिरलाई सामाजिक सन्जालमा शेयर गरेका थिए ।