महिला अन्तरिक्ष यात्रीलाई १ सय ७४ करोडको ट्वाइलेट

लसएन्जल्स(एजेन्सी) । महिला अन्तरीक्ष यात्रीहरुका लागि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले एउटा ठूलो कदम चालेको छ । एजेन्सीले युनिभर्सल वेस्ट मेनेजमेन्ट सिष्टम नामक एक ट्वाइलेट तयार पारेको छ । जसले गर्दा महिलाहरुलाई अन्तरिक्षमा सजिलो हुनेछ । नासाले झन्डै १ सय ७४ करोडको लागतमा यो ट्वाइलेट बनाएको हो । यो ट्वाइलेट निर्माण गर्न झन्डै ५ वर्ष लागेको थियो ।

नासाले यो ट्वाइलेटलाई यसै वर्षको डिसेम्बरसम्म इन्टरनेसनल स्पेस स्टेसन आइएसएस पठाउने तयारी गरिरहेको छ । अन्तरिक्षमा रहँदा महिला अन्तरिक्ष यात्रीहरुलाई ट्वाइलेटका लागि कैयौं समस्याको सामना गर्नुपर्दथ्यो । जुन समस्या अब ट्वाइलेट बनेपछि समाधान भएको छ ।

पछिल्लो कैयौं दशकदेखि इन्टरनेसनल स्पेस स्टेसनमा पुरानो मण्डलको माइक्रोग्रेभिटी ट्वाइलेटको प्रयोग गरिन्थ्यो । जसमा महिला अन्तरिक्ष यात्रीहरुलाई निकै समस्या भोग्नुपथ्र्यो । माइक्रोग्रेभिटी ट्वाइलेट दैनिक अन्तरिक्ष यात्रीहरुलाई ध्यानमा राख्दै बनाइन्थ्यो । त्यही कारण नासाले महिला र पुरुष दुवैका लागि हुने गरी नयाँ ट्वाइलेट बनाइएको हो ।

सन् २०२४ सम्म चन्द्रमामा अर्टीमस मिसनका लागि एक महिला र एक पुरुषलाई अन्तरिक्षमा पठाउने तयारी भइरहेको छ । जसमा नयाँ ट्वाइलेटको परीक्षण गरिनेछ । नयाँ ट्वाइलेटमा महिलाहरुका लागि फनल सेक्सन सिस्टम हुनेछ र जसलाई अन्तरिक्ष यात्रीहरु आफैंले फिट गर्न सक्नेछन् ।