चे ग्वेराको घर बिक्रीमा

ब्यूनो एरिस(एजेन्सी) । बीसौं शताब्दीका वामपन्थी क्रान्तिकारी एर्नेस्टो चे ग्वेराको जन्मस्थान अर्जेन्टिनाको रोजारियो सहरमा बिक्री हुने भएको छ । सहरको केन्द्रमा अवस्थित २ हजार ५ सय ८० स्क्वायर फूटको यो घरका वर्तमान मालिक फ्रान्सिस्को फर्रुग्गियाले घरलाई सन् २००२ मा किनेका थिए । उनका अनुसार उनी यो घरलाई एक सांस्कृतिक केन्द्रका रुपमा परिवर्तन गर्न चाहन्थे । तर उनको यो योजनाले कहिल्यै पनि पूर्णता पाएन । अर्जेन्टिनाका यी व्यापारीले घरको मूल्य कति राखिएको छ भन्ने कुरा केही बताउन चाहेनन् । गत वर्षसम्म ठूलो संख्यामा पर्यटकहरु यो भवनलाई हेर्न आउँदथे ।

यो घर हेर्न आउने चर्चित व्यक्तिमा उरुग्वेका पूर्व राष्ट्रपति जोसे पेपे मुजिसा र क्यूबाका क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोका सन्तान पनि थिए । तर यहाँ आउने व्यक्तिहरुमा सबैभन्दा चर्चित नाम एल्बर्टो ग्रानाडोसको नै छ । जो पचासको दशकमा चे ग्वेराका साथ दक्षिण अमेरिकाको मोटरसाइकल यात्रामा सहभागी थिए । पेशाले डाक्टर एल्बर्टो त्यो समयमा युवा थिए र चे ग्वेराका साथी पनि ।

चेको जन्म सन् १९२८ मा एक मध्यम वर्गीय परिवारमा भएको थियो । तर जब उनले दक्षिण् अमेरिकामा गरिबी र भोकमरी देखे, उनले क्रान्तिको बाटो अपनाए । क्यूबाको क्रान्तिका समयमा उनले अहम भूमिका निभाए । यो क्रान्तिमा फुल्गेन्सिको वतिस्ताको तानाशाहीको अन्त्य गरिएको थियो । यसपछि चेले क्रान्तिको दायरा पुरा दक्षिण अमेरिका र विकासशील राष्ट्रसम्म पुर्याउने इच्छा व्यक्त गरे ।

चे क्युबाबाट बोलिभिया गए, जहाँ उनले राष्ट्रपति रेने बेरिएन्टोस ओर्टुनोका विरुद्ध युद्धरत विद्रोहीको अगुवाई गरे । अमेरिकाको सहयोगले बोलिभियाको सेनाले चे र बाँकी रहेका लडाकुलाई पक्राउ गर्यो । उनीहरुले १९७६ अक्टोबर ९ मा ला हिग्वेरा नामको एक गाउँमा चेको हत्या गरे र उनको शरीरलाई कुनै अज्ञात स्थलमा दोहन गरे । सन् १९९७ मा उक्त गुप्त स्थानको जानकारी मिलेपछि उनको अन्तिम अवशेषलाई क्युबा ल्याइयो र पुनः अन्त्येष्टि गरियो ।