मिलन र राजनराज कता कता ?

काठमाडौं । असार १५ को अवसर पारेर गायिका मिलन नेवार र गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘तिमी उता म यता’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत राजनराजकै छ । भिडियोमा मिलन र राजनराजकै अभिनय छ । भिडियोमा राजनराजकी कान्छी छोरी आरिश्मा शिवाकोटीको पनि अभिनय छ ।

गीतमा लामो समयसम्म एकापसमा भेटघाट हुन नपाउदाको अवस्थाको पीडा र भेट हुने आशासहितको भावनालाई व्यक्त गरिएको छ ।

राजेशपुमा राईले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ । भिडियो मिलनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।