तीज गीतमा सँगै नाचौं गाइज

काठमाडौं । गायिका अमृता लामिछाने, धना मगर र गायक यज्ञराज बुढाथोकीको स्वरमा रहेको गीत ‘सँगै नाचौं गाइज’ सार्वजनिक भएको छ । गीतमा देशमा व्याप्त कोरोना माहामारीमा पनि आपसमा मिलेर तिज पर्वलाई भव्य साथ मनाउनको आग्रह गरिएको छ ।

यज्ञ बुढाथोकीको शब्द तथा लय रहेको गीतमा आपसमा मिलेर घरमा नै परिवारसँग नै तिज मनाउन अनुरोध गरिएको छ । गीतको एरेन्ज संजय श्रीपालले गरेका छन । भिडियोमा मनोज खड्का, मुना श्रेष्ठ, पुरन क्षेत्री र गणेश राईको अभिनय छ ।

भिडियोमा मिराज अर्यालको छायांकन, विवेक खड्काको सम्पादन तथा उदिराम खड्काको निर्देशन तथा विन्दु खड्काको कोरियोग्राफी छ ।