झरी परेको रातमा के भयो श्रेयालाई ?

काठमाडौं । गायक सुनिल गिरीको ‘झरी परेको रात’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘सोल्टिनी भनी’, ‘माया रोगै पिरती’को पछि गायक गिरीले ‘झरी परेको रात’ श्रोता तथा दर्शकमाझ ल्याएका हुन् ।

गीतमा गायक सुनिललाई डा. त्रिसला गुरुङले साथ दिएकी छन् । गीतमा श्रेया शर्माको अभिनय रहेको छ । विवेक विक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको भिडियोमा विवेक विकको सम्पादन र सुनिलकै निर्देशन छ ।