रेनकोट लगाएर काममा जान्छन् यौनकर्मी

सुक्री(एजेन्सी) । ल्याटिन अमेरिकी देश बोलिभियामा कैयौं यौनकर्मीहरु आफ्नो काममा फर्किइरहेका छन् । तर उनीहरुले सुरक्षाका लागि दुई पन्जा, ब्लिच र पारदर्शी रेनकोटको प्रयोग गरिरहेका छन् । उनीहरुले यौनकर्मीहरुका लागि काम गर्ने संस्था अर्गनाइजेसन अफ नाइट वर्कस अफ बोलिभिया(ओटीएन–बी)को सुझाव अनुसार नै सुरक्षित किसिमले काम गरिरहेका छन् ।

बोलिभियामा देह व्यापार कानूनी छ । तर केवल लाइसेन्स प्राप्त कोठीमा नै कैयौं नियमका साथ यसलाई अनुमति दिइएको छ । कोरोना महामारीका कारण मार्चदेखि यहाँ लकडाउन लागु गरिएको थियो । तर अहिले त्यसमा केही खुकुलो गरिएको छ । तर अहिले पनि यौनकर्मीलाई दिनमा कैयौं किसिमका प्रतिबन्ध लगाइएको छ भने रातको समयमा कफ्र्यू छ ।

वेनेसा पनि एक यौनकर्मी हुन् । जसको दुई सन्तान छन् । उनका अनुसार उनले आफ्ना सन्तानको शिक्षाको लागि यो काम गरिरहेकी छन् । ‘हाम्रा ग्राहक सुरक्षा मामलालाई ध्यानमा राख्छन् । हामीले जुन प्रक्रियामा काम गरिरहेका छौं, त्यो उनीहरुकै सुरक्षाका लागि हो भन्ने उनीहरुलाई थाहा छ,’ उनी भन्छिन् ।  अर्की यौनकर्मी एनटोनिएटा आफूले फेसमास्क, प्लास्टिकको पर्दा, पन्जा र रेनकोर्टको प्रयोग गरिरहेको बताउछिन् । उनी आफू कार्यरत स्थानमा आफ्ना ग्राहकको अगाडि नृत्य गर्दा सेनिटाइजेसनका लागि खम्बरमा ब्लिच छर्किने गर्छिन् । ‘बायो–सुरक्षित सुटबाट हामी आफ्नो काम पनि गर्छौ र सुरक्षित पनि हुन्छौं,’ उनी भन्छिन् ।

ओटीएन–बी मानिसहरुले गत महिला स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग भेटेका थिए । अधिकारीहरुले यौनकर्मीहरुलाई सुरक्षित रहनका लागि सम्बन्धित ३० पृष्ठको एक मेनु पनि दिएका थिए । बोलिभियामा हालसम्म ५० हजार कोरोना संक्रमति पुष्टि भइसकेका छन् र लहासम्म १९ सय मानिसको ज्यान गइसकेको छ । गत सातामात्र बोलिभियाका अन्तरिम राष्ट्रपति जीनिन आनेज शावेजले ट्वीटमार्फत आफू पनि कोरोना संक्रमित भएको जानकारी दिएका थिए । बोलिभियामा कोरोनाको बढी टेस्ट गरिएको छैन । बोलिभिया ल्याटिन अमेरिकाको सबैभन्दा गरिब देशमध्ये एक हो । तथ्यांक अनुसार १० लाख जनसंख्या यहाँ सबैभन्दा कम कोरोना टेस्ट गरिएको छ ।