चार पत्रकारलाई खोज पुरस्कार

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको छ । संघले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा संघमा उपलब्ध भएका मध्ये छनौट समितिले मापदण्डसहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गरेको थियो । सोही लेखका लेखकलाई यो पुरस्कार दिइएको हो ।

जसअन्तर्गत ध्रुव लम्साललाई प्रमाणपत्रसहित १५ हजार, विष्णु शर्मालाई प्रमाणपत्रसहित १० हजार तथा मनोज न्यौपाने र रीना मोक्तानलाई प्रमाणपत्रसहित ५ हजारका दरले पुरस्कार प्रदान गरिएको हो । संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरुका लागि भिडियो र फोटो पत्रकारितालाई प्रभाव रहने गरि पनि सोही प्रकृतिका कार्यक्रमहरु सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।

छनौट समितिमा रहेका विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जिवनकुमार पराजुली र समीर बलामीलाई समेत धन्यवादसहित प्रमाण पत्र प्रदान गरिएको छ ।