राजेशपायलको गीतमा दयाहाङ क्याप्टेन

काठमाडौं । गायक राजेशपायल राईको स्वर रहेको एक गीतको छायांकन गरिएको छ । गीतमा दयाहाङ राई र आँचल शर्मा फिचर्ड छन् । गीतमा निर्मल राई ‘परिवेश’को शब्द तथा अर्जुन पोखरेलको संगीत छ ।

काठमाडौं आसपासका स्थानमा छायांकन गरिएको भिडियोमा मिलन चाम्सको निर्देशन छ । फिल्म र भिडियोमा एकै फ्रेममा अभिनय नगरेका दयाहाङ र आँचलको यो पहिलो सहकार्य हो ।

अभिनेत्री तथा मोडल आँचलले दयाहाङसँग काम गर्न सहज भएको बताईन् । आफूले हेरेको पहिलो नेपाली फिल्म ‘लुट’रहेको र आफूलाई मनपर्ने कलाकारसँग काम गर्न पाउँदा खुसी लागेको उनको भनाई थियो । दयाहाङले पनि आँचलको कामबाट प्रभावित भएको बताए ।

भिडियोमा दयाहाङ र आँचल विवाहित जोडीको रुपमा प्रस्तुत हुनेछन् । दयाहाङलाई आर्मी अफिसर (क्याप्टेन)को भूमिकामा प्रस्तुत गरिएको निर्देशक चाम्सले बताए ।