भदौमा आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड

काठमाडौं । कोभिड–१९ तथा लकडाउनले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०२०’ हुने भएको छ । क्रिएटिभ इन्साइट मिडियाको प्रस्तुति र शुभकामना मिडिया सोलुसनले व्यवस्थापन गर्न लागेको अवार्डको उद्देश्य कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने रहेको जनाएको छ । अवार्ड भदौमा काठमाडौंमा गरिनेछ ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलिसकेको छ भने भदौं १५ गतेसम्म फारम भरिने जानकारी गराईएको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौसम्मका गीत संगीतलाई समावेश गरिने भएको छ । नवप्रतिभाको हकमा २०७६ भित्र गित निकालेको हुनुपर्नेछ ।

सञ्चारकर्मी सुर्य चन्दको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् । उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक(गायिका, पर्ब बिसेष गित(तिज, दशैँ तिहार,होलि) , भजन, पपरआधुनिक गायक(गायिका, भाषा(भाषिका गित, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।