मदर इण्डिया अभिनेत्री कुमकुमको निधन

मुम्बई(एजेन्सी) । बलिउडकी एक समयकी प्रख्यात अभिनेत्री कुमकुमको ८६ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिइन् । उनले ‘मदर इण्डिया’, ‘आर–पार’, ‘सिआइडी’ जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन् ।

कुमकुमको जन्म बिहारको हुसैनाबादको प्रतिष्ठित नवाब परिवारमा १९३४ को अप्रिल २२ मा भएको थियो । उनको वास्तविक नाम जैबुन्निसा हो । उनी सन् १९६४ मा ‘आरपार’को गीत ‘कभी आर कभी पार लागा तीरे नजर’ मा पहिलोपटक देखिएकी थिइन् । उनलाई गुरु दत्तले बलिउडमा ल्याएका हुन् ।

करिब २० वर्षको करियरमा उनले सय भन्दा बढी फिल्ममा अभिनय गरिन् । उनले ५० देखि ६० दशकको दौरान धेरै फिल्ममा अभिनय गरिन् । यो समयमा उनले गुरुदत्त, किशोर कुमार, दिलीप कुमार, देवानन्दलगायतका स्टारसँग काम गरिन् ।