मुम्बई(एजेन्सी) । बलिउड अभिनेता रणवीर सिंहले आगामी डिसेम्बर २०२० मा बलिउड यात्राको १० वर्ष पुरा गर्दैछन् । उनी बलिउडका हट केक हुन् र जस्तो सुकै चरित्रमा पनि आफूलाई फिट गराउछन् । बलिउडका रणवीर कपुर, प्रियंका चोपडा, अनुष्का शर्मा, कंगना रनावत र उनकी अभिनेत्री पत्नी दीपिका पादुकोणले फिल्म निर्माणमा हात हाले पनि हालसम्म यो मामलामा रणवीर सिंह जोडिएका थिएनन् ।
तर अब यो प्रतिक्षा सकिएको छ । किनभने रणवीर चाँडै नै निर्माताका रुपमा दर्शकमाझ आउँदैछ । जसका लागि उनले सन् २०१७ मा नै कम्पनी दर्ता गरेको खुल्न आएको छ । उनले कम्पनीको नाम ‘माँ कसम फिल्मस्’ राखेका छन् । उनले आफ्नी आमा अन्जु भवनानीलाई समर्पण गर्दै यो व्यानर दर्ता गराएका हुन् ।
रणवीरको व्यानरको नाम सुन्दा जोकोही पनि हाँसेका छन् । ‘कस्तो अचम्मको नामको व्यानर । रणवीरले मात्र यस्ता रमाइला किसिमको नाम जुराउछन् । गोविन्दा, अनिल कपुरलगायतको मसेलदार फिल्म हेरेर हुर्किएका कारण पनि रणवीरलाई यो नाम राख्न कुनै अप्ठ्यारो छैन’, उनी निकट स्रोतले भन्यो ।