रोनाल्डोले किने विश्वकै महंगो कार

तुरिन(एजेन्सी) । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो कारको कलेक्सनमा एउटा नयाँ कार बुगाती सेन्टोडिएसीलाई सामेल गराएका छन् । इटालियन क्लब जुभेन्टसका स्टार स्ट्राइकर रोनाल्डोले इन्स्टाग्राममा आफ्नो नयाँ कारको तस्बिर राख्दै ‘तपाईं दृश्य छनोट गर्नुहोस्’ भनी लेखेका छन् ।

समाचार अनुसार रोनाल्डोले किनेको कार विश्वकै सबैभन्दा महंगो कार हो । यसको मूल्य ७५ करोड रुपैंयाँ पर्दछ । जुन सीमित संख्यामा उपलब्ध छ । रोनाल्डोको क्लब जुभेन्टसले हालैमात्र आफ्नो लगातार नवौं सेरी–एक लिग जितेको छ ।

ब्राजिलका सर्वकालिन महान फूटबलर पेले लगातार नौं सेरी–ए लिगको उपाधि जितेकोमा इटालियन क्लब जुभेन्टसलाई बधाई दिएका थिए । उनले जुभेन्टसका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डोलाई ‘आधुनिक एथलीट’ भनेका थिए । ३५ वर्षे रोनाल्डो ३२ औं म्याचमा ३१ गोलका साथ जुभेन्टसको टप स्कोरर रहे । रोनाल्डोले आफ्नो ‘सेरी–एम’मा प्राप्त उपाधिलाई कोरोना भाइरस महामारीबाट पूर्ण रुपमा पीडित मानिसप्रति समर्पित गरेका छन् ।