मिसेललाई लो ग्रेड डिप्रेसन

न्यूयोर्क(एजेन्सी) । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफू ‘लो ग्रेड डिप्रेसन’बाट पीडित भएको खुलासा गरेकी छन् । उनले कोरोना महामारी, जातीय अन्याय र ट्रम्प प्रशासनको कपटपूर्ण व्यवहारले डिप्रेसन भएको दाबी गरेकी छन् ।

उनले भावनात्मक उचाई र गहिराईलाई आफैले चिन्नुपर्ने र त्यसले मानिसलाई खुशी दिने बताएकी छन् । उनले डिप्रेसनकै कारण आफ्नो नियमित कार्यतालिका र निन्द्रामा असर परेको जनाएकी छन् ।

‘म आजकल मध्यरातमा उठ्ने गरेकी छु । मलाई केही भारी कुराले थिचेको अनुभव हुन्छ’, उनले भनेकी छन्, ‘काममा परेको असरले मेरो आवश्यकता पुरा गरेको छैन । मलाई थाहा छ कि म अहिले लो ग्रेड डिप्रेसनमा गुज्रिरहेकी छु । क्वारेन्टाइन, जातीय अन्याय, ट्रम्प प्रशासनको कपटताले म यो समस्या भोगिरहेकी छु ।’