फरक शैलीमा तीज म्यूजिक अवार्ड

काठमाडौं । तीजको परम्परालाई कायम राख्दै ‘सातौं छायाँछवि तीज म्यूजिक अवार्ड– २०७७’ हुने भएको छ । कोरोना कहरका कारण गत वर्षको भन्दा यस वर्ष तीज गीतको उत्पादन कम भए पनि तीजका अवसरमा संलग्न हुने सर्जकहरुलाई प्रोत्साहित हुने मौका दिन अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

छायाँछवि तीज म्यूजिक अवार्डका अध्यक्ष शान्तिप्रियले मौलिक सांस्कृतिक पर्व तीजलाई मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्बद्र्धन एवं प्रबद्र्धनसँग जोडेर अवार्ड आयोजना गरिएको बताए । उनले भदौ ६ गते उत्कृट हुने श्रष्टाको नाम घोषणा गर्ने र वातावरण सहज भएपछि अवार्ड प्रदान गर्ने बताए ।

२८ विधाको अवार्डमा उत्कृष्ट तीज गीत एरेञ्जर, उत्कृष्ट तीज गीत मिक्सिङ, उत्कृष्ट तीज गीत दोहोरी नव–गायन, उत्कृष्ट तीज गीत नव गायिका, उत्कृष्ट तीज दोहोरी गीत सम्पादक, उत्कृष्ट तीज गीत सम्पादक, उत्कृष्ट तीज दोहोरी गीत छायांकार, उत्कृष्ट तीज गीत छायांकार, उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष), उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला), उत्कृष्ट तीज गीत मोडल, उत्कृष्ट तीज दाहोरी गीत भिडियो निर्देशक, उत्कृष्ट तीज गीत नृत्य निर्देशक, उत्कृष्ट तीज गीत भिडियो निर्देशक, युगल तीज गीत, तीज गीत युगल मोडल (मौलिक) छन् ।

त्यस्तै उत्कृष्ट तीज दोहोरी गीत कम्पनी, उत्कृष्ट तीज गीत कम्पनी, उत्कृष्ट तीज दोहोरी गीत शब्द, उत्कृष्ट तीज गीत शब्द, उत्कृष्ट तीज गीत मौलिक शब्द, उत्कृष्ट तीज दोहोरी गीत लय, उत्कृष्ट तीज गीत लय, उत्कृष्ट तीज दोहोरी गीत गायक, उत्कृष्ट तीज दोहोरी गीत गायिका, उत्कृष्ट तीज गीत गायिका, उत्कृष्ट तीज गीत मौलिक गायिका र उत्कृष्ट तीज मौलिक गीत छन् ।