भगवान राम बन्ने तैमूर चाहना

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सैफ अली खानले दुई दिन अघि आफ्नो ५० औं जन्मदिन परिवारका साथ मनाए । जहाँ सैफले आफ्नो जीवनमा केही कुरा सिकेको बताइरहँदा उनका छोरा तैमूर अली खान पनि बाबुको कुरा सुनिरहेका थिए ।

उनलाई छोरा तैमूर ठूलो भएर आमाबाबु जस्तै कलाकार बन्न चाहन्छ या हजुरबुवाजस्तो एक क्रिकेटर बन्न चाहन्छ भनेर सोधिएको थियो । ‘उसलाई क्रिकेटमा कुनै पनि रुची छैन । मेरो ठूलो छोरा इब्राहिमलाई क्रिकेटमा निकै रुची छ । मैले कैयौं पटक तैमूरको हातमा ब्याट थमाउन कोशिस गरें, तर उसले त्यसलाई अस्वीकार गर्यो । तैमूरलाई कलामा निकै दिलचस्पी छ । उसलाई चित्र कोर्न र गायनमा इच्छा छ । ऊ कैयौं किसिमको अनुहार बनाउँछ । हालका दिनमा ऊ भगवान राम बन्न चाहन्छ । उसलाई भगवान रामको जस्तै पहिरन लगाउन र हातमा धनुष काँड बोक्ने इच्छा छ’, सैफले भनेका छन् ।

आफ्नो जिन्दगीको यो समयमा सैफ भाग्यको भरोसामा बाच्न चाहन्छन् । ‘परिवार र साथीभाइसँग खाना पकाउने, हिँड्ने, मदिरा पान जस्ता काम गरेर म आफ्नो जिन्दगीबाट खुशी छु । केही रचनात्मक काम गर्छु ।’ उनले भनेका छन् ।