पोर्न स्टारलाई ट्रम्पको ३३ लाख

न्यूयोर्क(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोर्नस्टार स्टार्मी डेनियल्सलाई ३३ लाख रुपैंयाँ तिर्नुपर्ने भएको छ । ट्रम्पसँगको नन डिस्क्लोजर एग्रिमेन्टलाई लिएर कानूनी लडाईमा भएको स्टर्मीको खर्चलाई बहन गर्नका लागि ट्रम्पले यो रकम तिनुपर्ने भएको हो । स्टार्मीले सन् २००६–२००७ का बीच उनको ट्रम्पसँग अफेयर रहेको र ट्रम्पले आफ्नो सम्बन्धलाई चुप गराउन पैसा दिएको दाबी गरेकी छन् ।

स्टार्मीले ट्रम्पका पूर्व पर्सनल सेक्रेटरी माइकल कोहेनसँग नन डिस्क्लोजर एग्रिमेन्ट गरेकी थिइन् । जसलाई सार्वजनिक गर्नका लागि सन् २०१८ मा मुद्धा दर्ता गरेकी थिइन् । कोहेनले सन् २०१६ को अमेरिकी चुनावभन्दा ११ दिन अगाडि स्टर्मीलाई १ दशमलब ३ लाख अमेरिकी डलर दिएका थिए । चुनाव सकिएपछि स्कार्मीले सम्झौता रद्द गर्नका लागि मुद्धा दर्ता गराएकी थिइन् ।

यो विषयमा ट्रम्प वा ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । तर स्टार्मीले ट्वीटरमा खुशी व्यक्त गरेकी छन् । स्टार्मी एडल्ट इन्टरटेनमेन्ट उद्योगसँग जोडिएकी छन् । हाल उनी स्ट्रिप क्लब अपीयरन्स र शोजको प्रमोसन गर्छिन् । हालैमात्र उनले नयाँ शो स्पूकी बेब्स पेरानर्मल शो शुरु गरेकी छन् । जसमा उनी अनुसन्धानकर्ताका साथमा भूतको खोजी गर्छिन र जिउदा मानिसको प्रश्नको जवाफ दिन्छिन् ।