जाने बेलामा के भयो शिल्पालाई ?

काठमाडौं । गायक भीम श्रेष्ठ र गायिका मेलिना राईको स्वर रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राम अविरल बिस्टको शब्द तथा राजन तिमिल्सिनाको संगीत र शैलेन्द्र एम प्रधान(बाबु)को एरेन्ज छ ।

गायक भीम र अभिनेत्री शिल्पा पोखरेलसँगै रश्मी भट्ट र बेनिश भण्डारीको अभिनय रहेको गीतमा चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन छ ।

गायक श्रेष्ठले ‘अक्सर छाता’ बोलको गीतबाट गायनमा डेब्यू गरेका हुन् ।