इस प्यार को क्या नाम दूँ अभिनेत्री संगीताको निधन

मुम्बई(एजेन्सी) । सन् २०२० बलिउडका लागि निकै दुःखपूर्ण रहँदै आएको छ । लकडाउनपछि फिल्म र टेलिभिजनमा एकपछि अर्को झट्का लाग्दै आएको छ । ऋषि कपूर, इरफान खान, सुशान्त सिंह राजपूत र समिर शर्माको निधन भइरहँदा अब यो सूचीमा संगीता श्रीवास्तव पनि जोडिएकी छन् । संगीतको मंगलबार बिहान मुम्बईस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो ।

संगीता लामो समयदेखि अस्वस्थ थिइन् । उनको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको थियो । उनलाई वस्क्यूलिटिस नामको रोग थियो । संगीतले बरुन सोबती र सनाया इरानीको सुपरहिट सिरियल ‘इस प्यार को क्या नाम दूँ’मा महत्वपूर्ण भूमिका निभाएकी थिइन् । यसबाहेक उनले ‘थपकी प्यार की’ र ‘भंवर’ जस्ता सिरियलमा अभिनय गरेकी थिइन् ।