एसिड नट द सोलुशनमा एसिड पीडा

काठमाडौं । निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकारसमेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक भएको छ ।

फिल्म चुइचुई पारेर युट्युवमार्फत सार्वजनिक फिल्ममा अस्मिता बस्नेत, काब्या कार्की, इसान राउत, रमा श्रेष्ठ, विजय तिमिल्सिेना, प्रविन कार्कीसहित निर्देशक केसीको अभिनय रहेको छ । ज्ञानकुमार कट्टेलको छायाँकन रहेको फिल्ममा किरणराज थापाको सम्पादन छ ।

निर्देशक केसीले महिला हिंसामा निकै मार्मिक र मन छुने कथा फिल्ममा आफुले उठाएको बताए ।