ब्ल्याक पेन्थर अभिनेता बोसमेनको निधन

लसएन्जल्स(एजेन्सी) । प्रख्यात हलिउड अभिनेता चाडविक बोसमेनको ४३ वर्षको उमेरमा निधन भएको छ । चाडविकले शुक्रबार आफ्नो घरमा अन्तिम सास फेरेका हुन् । क्यान्सरबाट ग्रस्त यी अभिनेता लामो समयदेखि क्यान्सरको उपचार गरिरहेका थिए । उनले ‘ब्ल्याक पेन्थर’ र ‘एभेन्जर्स’ जस्ता फिल्मबाट पहिचान बनाएका थिए ।

समाचार अनुसार उनी अन्तिम समयमा घरमा थिए । जहाँ उनकी श्रीमति र परिवारका सदस्य उपस्थित थिए । उनको परिवारले एक विज्ञप्ती जारी गर्दै बोसम्यान चार वर्षदेखि कोलोन क्यान्सरको उपचाररत रहेको जनाएका छन् । ‘मार्सलदेखि लिएर द फाइभ ब्लड्ससम्म र ब्ल्याक बटमजस्ता कैयौं फिल्ममा उनले आफ्नो सर्जरी र किमोथेरापीको समयमा पनि काम गरे । फिल्म ‘ब्ल्याक पेन्थर’मा किङ टीचालाको जीवनमा ल्याउनु उनको करियरको लागि सम्मानको कुरा हो’, विज्ञप्तीमा भनिएको छ । बोसमेन आफ्नो उपचारको विषयलाई लिएर सार्वजनिक रुपमा कुरा मौन थिए । परिवारले चाडविक एक सच्चा योद्धा भएको र आफ्नो संघर्षका माध्यमबाट फिल्ममा पहिचान बनाएको उल्लेख गरेको छ ।

दक्षिण क्यारोलिनामा जन्मिएका बोसमेनले हावर्ड युनिभर्सिटीबाट ग्राजुएसन गरेका थिए र सन् २०१३ मा आफ्नो स्टार टर्न अघि टेलिभिजनमा पनि कैयौ ंभूमिका निर्वाह गरेका थिए । उनको निधनमा कैयौं फिल्म हस्ती र फ्यानले श्रद्धाञ्जली दिएका छन् ।