ढोकामा आकाशको मनोवैज्ञानिक त्रास

काठमाडौं । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको सर्ट फिल्म ‘ढोका’ सार्वजनिक भएको छ । वन्डेड लायन प्रोडक्सन र डिएआर मुभिज एन्ड फिल्मसको संयुक्त प्रस्तुति रहेको फिल्मको लेखन तथा निर्देशन दिवस धितालले गरेका छन् ।

निर्देशक तथा कलाकार दिवसले आम मानिसलाई कोरोनाको कारण परेको मानसिक तनावलाई ढोकामार्फत उतारिएको बताए । फिल्मको छायांकन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् । वरुण भारतमा गएर फिल्म छायांकन अध्ययन गरेर केही वर्ष भारतको फिल्म उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छायाकार हुन् । बरुणले फिल्ममा साउण्ड डिजाइनको पनि काम गरेका छन् ।

राजाराम गौतमले निर्माण गरेको फिल्ममा आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ । फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् । फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युटुव च्यानलबाट दर्शक माझ आएको छ ।