ससिकातिरै सनिशको मायामोह

काठमाडौ । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का प्रतिष्पर्धी गायक सनिश श्रेष्ठ र गायिका ससिका राईको नयाँ गीत ‘तिमी तिरै’ सार्वजनिक भएको छ । गीतमा गायक, संगीतकार तथा एरेञ्जर देवेश राईको संगीत तथा एरेञ्ज छ ।

गीतमा लेखु सहयात्रीको शब्द छ । देबेश ससिका अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा सनिश र ससिका फिचर्ड छन् । भिडियोका निर्देशक प्रबिन राई हुन् ।