चरित्र अभिनेत्री हिमानीलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । फिल्म तथा टेलिभिजनमा चरित्र अभिनेत्रीको भूमिकामा अभिनय गर्ने अभिनेत्री हिमानी शिवपुरीलाई कोरोना संक्रमण भएको छ । हिमानीले आफ्नो सामाजिक सन्जाल एकाउन्टमा यो कुराको खुलासा गरेकी हुन् ।

यद्यपि हिमानी भाइरसबाट पीडित भए पनि उनी छायांकनरत शोको सुटिङ रोकिएको छैन । किनकी त्यो समयमा हिमानी सुटिङ सेटमा थिइनन् । उनी एक विज्ञापनको सुटिङ गरिरहेकी थिइन् ।  ‘म कोरोना भाइरसबाट संक्रमित भएकी छु । पछिल्ला दिनमा जो पनि मेरो सम्पर्कमा आएका छन्, उहाँहरुले पनि कोरोना भाइरसको टेस्ट गर्नुहोला’, उनले लेखेकी छन् ।

हिमानी केही समययता हाल ‘हप्पुकी उल्टन पल्टन’को सुटिङमा व्यस्त थिइन् । केही दिन अघि मात्र शोका निर्माता सञ्जय कोहलीलाई पनि कोरोना संक्रमण भएको थियो । उनी अहिले होम क्वारेन्टाइनमा छन् ।