अभिभावक सरह लोकप्रिय स्टार सन्तान

मुम्बई(एजेन्सी) । बलिउड स्टार आफ्ना फिल्मका कारण विश्वभर प्रख्यात छन् । तर उनीहरुका सन्तानको लोकप्रियता कुनै स्टारको भन्दा कम छैन । यी स्टार सन्तान जहाँ पुग्छ, त्यहाँ मिडिया पुगेकै हुन्छ । यहाँ ती लोकप्रिय स्टार सन्तानको कुरा गरिएको छ, जो प्रायः मिडियाको नजरमा परिरहेका हुन्छन् ।

अभिनेत्री करिना कपूर खान र सैफ अली खानका छोरा तैमूर अली खान क्युटनेसका राजा नै हुन् । उनी इन्टरनेटमा सर्वाधिक खोजिने स्टार सन्तान पनि हुन् । ऐश्वर्या राय बच्चन र अभिषेक बच्चनकी छोरी आराध्या फ्यानमाझ निकै लोकप्रिय छिन् । तर अभिषेक र ऐश्वर्या जति सक्दो पापराजीबाट छोरीलाई बचाउन चाहन्छन् । पापराजीबाट बचाउन खोजे पनि उनका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल हुन्छन् ।

अभिनेता शाहरुख खानका कान्छा छोरा अबराम एक लोकप्रिय स्टार सन्तान हुन् । उनी आफ्नो जन्मबाटै चर्चामा छन् । शाहरुखसँगको अबरामको तस्बिरले सामाजिक सन्जालमा फ्यानको मन जित्ने गरेको छ ।

सन् २०१२ मा अक्षय कुमार र ट्वींकल खन्नाको छोरी निताराको जन्म भएको थियो । अहिले निताराको क्यूट भिडियो सामाजिक सन्जालमा चर्चित बन्दै आएको छ । आमिर खान र किरण रावका छोरा आजादको नाम पनि अभिभावक जत्तिकै लोकप्रिय छ । आमिरसँगको आजादको तस्बिरले सामाजिक सन्जालमा निकै चर्चा पाउने गरेको छ ।