तयार भयो दिनेशको झोल झाल

काठमाडौं । नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ तयार भएको छ । केही अगाडि छायांकन भएको सिरियल अहिले प्रसारणको तयारीमा रहेको छ ।

पाख्रिनकै कथा र निर्माण परिकल्पना रहेको सिरियलमा रवि गिरी, रमेश बस्नेत, तिर्थ थापा, कालु राना, निर्मल लामा, रोहित रुम्बा, रेसम फिरिरि, पवन नगरकोटी, सोम लामा, शैलस पहारी, रस्मी भट्ट, कविता राय, सिर्जना मल्ल ठकुरी, सविना मल्ल ठकुरी, निर्मल लामा, सुसिला निरौला ‘विमलीे’, पवन केसी, जनक कार्की, बालकलाकार हेलेन पाख्रिन, आयुब बिष्टलगायतको अभिनय रहेको छ ।

आर्ट एभरेष्ट प्रालिको ब्यानरमा निर्माण भएको सिरियलमा देशमा भएको राजनीतिक उतारचढाबमा पनि यथावत रहेका जनताको समस्या, नेताहरुका कारण जनताले पाएको दुःख, पारिवारिक समस्या आदि समेटिएको निर्माता पाख्रिनले बताए ।

सिरियलका प्रस्तुतकर्ता हेलेन पाख्रिन, निर्माता वीरबहादुर तामाङ (विक्रम), कर्णबहादुर विष्ट सहनिर्माता निर्मल लामा, पवन नगरकोटी र कार्यकारी निर्माता शेखर लामा रहेका छन् । आरएल मोक्तानको निर्देशन रहेको सिरियलमा विकास चौधरको संगीत, मौसम मधुरको स्वर, रामेश्वर हुमागाइको छायांकन, तारा थापा किम्भेको सम्पादन छ। मोक्तानले यसअघि ‘द मंगोलियन हार्ट’, ‘वास्तुशास्त्र’, ‘सम्हाली राख है’लगायत निर्देशन गरेका थिए ।