सुरेन्द्र र शिलाको तिम्रो छेउमा बस्दा

काठमाडौं । गायक सुरेन्द्र राईको एलबम ‘एकान्तमा’ समावेस गीत ‘तिम्रो छेउमा बस्दा’ को भिडियो सार्वजनिक भएको छ । लकडाउन खुकुलो भएसँगै सामाजिक दुरी कायम गरेर निर्माण गरिएको गीतमा शिला राईकोसमेत स्वर सुन्न सकिन्छ । गीतमा सुरेन्द्रकै शब्द र रुद्र श्रेष्ठको संगीत तथा मनोज मोथेको एरेन्ज छ ।

रामशोभा राई अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा रामशोभा राई नै निर्माता छन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखु फिचर्ड छन् ।

भिडियोमा मितेश गुरुङको छायांकन, सुल्तान इधिङ्गोको निर्देशन तथा सम्पादन र परोदुच्शन परशुराम राईको डिजाइन छ ।