करिश्मा र सिर्जनाको मायामा सलोन

काठमाडौं । गायक हेमकुमार विष्टको स्वरमा रहेको ‘यति माया गर्दा पनि’ को भिडियो सार्वजनिक भएको छ । गायक क्षेत्रीकै शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । भिडियोमा अभिनेता सलोन बस्नेत, करिस्मा केसी र सिर्जना केसी फिचर्ड छन् ।

भिडियोमा मुनाल शिशिरको निर्देशन छ । हेम्स इन्टरटेनमेन्टले बजारमा ल्याएको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन, अर्जुन पोखरेलको सम्पादन छ ।