श्वेता तिवारीलाई कोरोना संक्रमण

मुम्बई(एजेन्सी) । बुधबार बिहानदेखि टेलिभिजन अभिनेत्री स्वेता तिवारीलाई कोरोना पोजेटिभ देखिएको गाइँगुई हल्ला चलेको थियो । तर यसको स्वतन्त्र पुष्टि हुन सकेको थिएन । ‘मेरे ड्याड कि दुल्हन’ अभिनेत्रीले त्यो कुरालाई मिडियामा लुकाउन खोजिरहेको चर्चा पनि चलेको थियो । सुटिङ सेटमा केही अस्वस्थ देखिएकी स्वेताले आफ्ना सहकर्मीलाई पनि आफूलाई के भइरहेको छ भन्ने कुराको जानकारी दिएकी थिइनन् । तमाम शंका र उपशंकाबीच अभिनेत्री आफैंले कोरोना संक्रमण भएको पुष्टि गरेकी छन् ।

‘हो मलाई कोरोना पोजेटिभ देखिएको छ । मैले गत सेप्टेम्बरमा स्वाब दिएको थिएँ । टोनी र दियाले वरुणसँगको विवाहको सिक्वेन्स मेरो लागि महत्वपूर्ण रहेको बताएका थिए । मैले यो मौका गुमाउनु हुन्न भन्ने सम्झिएँ’, उनले लेखेकी छन् ।

स्वेता अहिले होम क्वारेन्टाइनमा छिन् । उनको घरमा चाहिने भन्दा बढी कोठा भएकाले पनि स्वेतालाई होम क्वारेन्टाइनमा सजिलो भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जुन कुरा स्वेता आफैं स्वीकार्छिन् । ‘मसँग आवश्यक कोठा भएकाले म धन्य छु । त्यहीकारण आफैंलाई होम क्वारेन्टाइनमा राखेकी छु । छोरी पलकले पनि सामाजिक दुरी कायम गरेकी छन् । यो कठिन समय हो । सुटिङ सेटमा पनि काम गर्दा निकै गाह्रो परेको थियो । हामी यो महामारीबाट कहिले बाहिर निस्कन सक्छौं ?’ उनले भनेकी छन् । स्वेताले छोरा रियान्सलाई उनको पिता अभिनव शुक्ला भएको स्थानमा पठाएकी छन् ।

उनले आफूले दैनिक रुपमा तातो पानी पिइरहेको र स्वास्थ्यका विषयका लेखहरु पढिरहेको बताएकी छन् । उनले पहिलो तीन दिन यता केही लक्षण देखिएको उल्लेख गर्दै अहिले भने सामान्य अवस्था रहेको जनाएकी छन् । उनको अर्को टेस्ट सेप्टेम्बर २७ मा हुनेछ ।