सन्तु र श्यामको फिल्म मेकअप स्टुडियो

काठमाडौ । तीन दशक बढी समयदेखि फिल्ममा मेकअप आर्टिष्टका रुपमा कार्यरत मेकअप आर्टिष्टद्वय सन्तु तामाङ र श्याम बरालले संयुक्त रुपमा राजधानीको अनामनगरमा फिल्म मेकअप स्टुडियो शुभारम्भ गरेका छन् । अनामनगरको बिगमार्टसँगै खोलिएको स्टुडियोको अभिनेता कारिश्मा मानन्धर र अभिनेता सुनिल थापाले शुभारम्भ गरेका छन् ।

उद्घाटन कार्यक्रममा कलाकार सुभाष गजुरेल, हास्य कलाकार उत्तम केसी, अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ, ट्याटु आर्टिष्ट सुमिना श्रेष्ठ, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, मेकअप आर्टिष्ट अशोक रोक्का, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, रंगपत्रकार गीता अधिकारीलगायतको उपस्थिति थियो ।

सञ्चालक बरालका अनुसार स्वास्थ्य मापदण्डको पालना गर्दै स्टुडियोमा उपलब्ध हरेक सेवा सुविधामा एक हप्तासम्म विशेष छुट र हाइजेनिक सेवा दिइनेछ । अर्का सञ्चालक तामाङले भविष्यमा अझै सर्वसुलभ तरिकाले अरु सेवाको विस्तार गर्दै जाने र विभिन्न किसिमका मेकअप ट्रेनिङ दिदै दक्ष जनशक्ति उत्पादन गर्ने सोच रहेको सुनाए ।