कमलको गीतमा परदेशी पीडा

काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीहरु प्रति समर्पित गीत ‘हुन्न रहेछ परदेशमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । परदेशको पीडा समेटिएको गीतमा कमल रेग्मीको स्वर, श्रीकृष्ण अधिकारीको शब्द, कमल रसाइलीको संगीत र टेकेन्द्र याक्शोको संगीत संयोजन छ ।

कोरोना कहरबिच सार्वजनिक गरिएको भिडियोमा कोरोनाको कारण यसपटकको दशैं, तिहारमा घर आउन नपाउनुको पीडा पोखिएको छ । भिडियोमा सारिका केसी, श्रीकृष्ण अधिकारी, कशिस रेग्मी र प्रतिक अधिकारी फिचर्ड छन् ।

शिव विकको निर्देशन रहेको भिडियोमा रक कौशलको छायांकन, पदम सुवेदीको सम्पादन छ । गीतका रचनाकार र कलाकार अधिकारी लामो समय विदेशमा काम गरेर हाल नेपालमा आधुनिक कृषि व्यवसायमा संलग्न छन् । गायक रेग्मी विदेशमा काम गरेको अनुभवलाई समेट्दै हाल कृषिसँगै पर्यटन व्यवसायमा संलग्न छन् ।