कालीगंगाका विद्यार्थीलाई मिलापको शैक्षिक सामाग्री

काठमाडौं । मिलाप फाउण्डेसनद्वारा शैक्षिक सामाग्री वितरण गरिएको छ । ‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै आएको फाउण्डेशनले शुक्रबार काभ्रेपलाञ्चोक, नमोबुद्ध–६ चरङ्गेफेदीमा रहेको कालीगंगा प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणका लागि लाइन्स क्लब अफ काठमाडौं सिञ्चितले सहकार्य गरेको थियो । नेपाली काँग्रेसका नेता गणेश लामा, कलाकार यमन श्रेष्ठ, लायन्स क्लव काठमाडौंका अध्यक्ष तथा युनिर्वसल डेण्टलका संस्थापक राजेन्द्रमान लामा, क्लबका संस्थापक अध्यक्ष गोपाल न्यौपाने, स्कुलका अध्यक्ष टीकाबहादुर केसी, स्कुलका प्राध्यापक रमेशप्रसाद न्यौपाने र समामजसेवी सुभाष न्यौपानेको आथ्यितामा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै कलाकार सञ्जित भण्डारी, गायक रामकृष्ण श्रेष्ठलगायतको पनि आतिथ्यता रहेको थियो ।

स्कुलका एकसय ४० जना विद्यार्थीलाई ब्याग, कपि पेन्सिल, सावुन, माक्सलगायतका सामाग्री वितरण गरिएको थियो । प्रमुख अतिथि लामाले काभ्रेको यो पिछडिएको ठाउँमा आएर कार्यक्रम गरेकोमा आयोजकलाई धन्यवाद दिदै आउदा दिनमा पनि यस्तै यस्तै कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विशुद्ध सामाजिक सेवाका भावनाले सामाजिक उत्तरदायित्वका कार्य गर्दै आएको मिलाप फाउण्डेसनले विगतमा पनि स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरणलगायत अन्य सामाजिक कार्य गर्दै बताइन् । फाउण्डेसनका उपाध्यक्ष राज लुईंटेलले सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिने बताए ।

मिलापले गत वर्ष जेठ ४ गते नुवाकोटको विदुर नगरपाालिका, वडा–७, साहुगाउँमा निःशुल्क स्वास्थ्य शिविर अयोजना गरेको थियो भने चैत्र ८ गते नुवाकोटकै विदुर(३ मैतार स्थित चण्डी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको थियो ।