रचना र मनिराजको सिठ्ठी बजाउछु

काठमाडौं । गायिका रचना रिमाल र गायक मनिराज काफ्लेको स्वरमा रहेको गीत ‘सिठ्ठी बजाउँछु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद थापाको शब्द तथा विनोद थापा र मनिराज काफ्लेको संगीत छ ।

भिडियोमा रेशम फिरिरि, दीपेन्द्र सोनाम, सोमराज तामाङ र सलिना दाहाल फिचर्ड छन् । भिडियोमा बासु न्यौपानेको छायांकन, सुमन तामाङको सम्पादन तथा रेशम फिरिरिको निर्देशन एवम् राहुल विरहीको कोरियोग्राफी रहेको छ ।