मिस हङकङको खानासँगै मास्क र सेनिटाइजर सहयोग

काठमाडौं । फेम नेपालको आयोजनामा ‘मिस हङकङ नेपाल २०१७’ का विजेताहरुले कोरोना भाइरसको कारण समस्यामा परेका व्यक्तिहरुलाई खाना खुवाएका छन् । काठमाडौंको महालक्ष्मीथानमा आइतबार उनीहरुले बिहानको खानाका साथ मास्क र सेनिटाइजरसमेत वितरण गरेका छन् ।

‘मिस हङकङ नेपाल २०१७’ का विजयी शुष्मा लिम्बु, प्रजिला गर्वुजा र अलिजा गुरुङको समेत सहकार्यमा महालक्ष्मीथानमा रहेको फुड तथा क्लोथ ब्यांकमा १ सय ५० जनाको हाराहारीमा रहेका व्यक्तिहरुलाई खाना वितरण गरिएको हो ।

फेम नेपालका प्रमुख विमल पछाईले यस प्रकारका सहयोग कार्यक्रम गर्दै जाने बताए । फेम नेपालले मनोरन्जनको क्षेत्रमा कोरोना संक्रमण अगाडी धेरै इभेन्टहरु आयोजना गर्दै आएको छ । स्थिति सामान्य हुनासाथ केही नयाँ सोचसहित अगाडी आउने टिमको तयारी रहेको छ ।