दीपकको भोटे ताल्चामा रोमान्टिक शिशिर

काठमाडौं । गायक शंकर यू दाहाल र गायिका रचना रिमालको स्वरमा रहेको ‘भोटे ताल्चा लाइदिउँकि’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा दीपकराज पाठकको शब्द र विपिन आचार्यको संगीत, एरेन्ज र रेकर्डिङ छ ।

भिडियोमा शिशिर भण्डारी, स्मृति श्रेष्ठ, एलिशा श्रेष्ठ, श्रद्धा गौतम, सञ्चिता पन्चकोटी, आकांक्षा तामाङ, सबिता राना, लक्ष्मण अधिकारी फिचर्ड छन् । गीतमा मिन बिस्टको मिक्सिङ र मास्टरिङ छ ।

शिशिर भण्डारीको कन्सेप्टमा निर्माण गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, दिनसन शाहको रंग र सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशन छ । भिडियो नयाँ नयाँ न्यूज नेपालबाट सार्वजनिक गरिएको छ ।