काठमाडौं । किताब यात्रा प्रालिले सञ्चालन गरेको किताब यात्रा डटकमले ‘यस पटकको दशैं बहार, ज्ञानसँगै अनेक उपहार’ भन्ने नाराका साथ ‘किताब यात्रा वाउ दशैं अफर’ सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक किताबको खरिदमा पाठकलाई लाइव्रेरी र उपहार पाइने यस्तो स्किम सार्वजनिक भएको हो । यो स्किम अन्तर्गत किताब यात्राबाट किताब खरिद गर्दा विभिन्न आकर्षक पुरस्कारहरु जित्न सकिनेछ ।
किताब यात्राबाट किताब खरिद गर्ने ग्राहकहरुमध्ये लक्की ड्रमार्फत विभिन्न उपहारहरु प्रदान गरिनेछ । जसअन्तर्गत १ जनाले किताब यात्राका तर्फबाट ५० हजार रुपैयाँ बराबरको किताबसहितको पुस्तकालय उपहारस्वरूप पाउनेछन् भने सिजीका तर्फबाट ३२ इन्चको सेन्सेइ टिभी २ जनाले प्राप्त गर्न सक्नेछन् । यस्तै २ जनाले एमआइको साउमी रेड नाइन र नोकियाको स्मार्ट फोन प्राप्त गर्न सक्नेछन् ।
यस्तै लक्की ड्रमार्फत पोखराको अल्फान्जो रिसोर्टका तर्फबाट २ दिनको होलिडे प्याकेजसमेत २ जना विजेतालाई प्रदान गरिने किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत विकेश भट्टराईले जानकारी दिएका छन् । यस्तै ५० जनालाई किताबयात्राका तर्फबाट गोल्ड प्लेटेड बुकमार्क प्रदान गरिनेछ भने प्रत्येक किताबको खरिदमा लिभिङ विथ आइसीटी म्यागजिनको इकपिसमेत निःशुल्क प्रदान गरिनेछ । किताब यात्राको यो स्किममा सहभागीहरुले अन्य धेरै गिफ्ट भौचरसमेत प्राप्त गर्न सक्नेछन् । किताब यात्राको यो अफर अन्तर्गत कुनै पनि किताब खरिदमा इसेवाबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यास ब्याक पाइने व्यवस्था गरिएको छ भने हरेक हप्ता इसेवाको तर्फबाट ५ जनालाई ५०० रुपैयाँको ब्यालेन्स उपहारस्वरूप प्रदान गरिनेछ ।
’किताब यात्राको वाउ दशैं अफर सम्भवतः नेपालमा पहिलोपटक किताब खरिदमा दशैंमा यस्तो अफर ल्याइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको पठन संस्कृतिमा थोरै भए पनि योगदान दिने उद्देश्यले यसपटक हामीले एक जनालाई रु ५०,००० बराबरको लाइब्रेरी उपहार दिदैछौं । हरेक खरिद मुल्यको २ प्रतिशत रकम किताब यात्रा पÞmाउण्डेशनले बनाउने किताब यात्रा लाइब्रेरी एण्ड रिसर्च सेन्टरमा अनुदानको रुपमा सहयोग गर्दैछौं । हाम्रो यो प्रयासमा हाम्रा सम्पूर्ण ग्राहकहरुले उल्लेखनीय सहभागिता हुने छ भन्नेमा हामी विश्वस्त छौं ।’ किताब यात्रा प्रालिका प्रमुख कार्याकारी अधिकृत विकेश भट्टराइले भने । उनका अनुसार पछिल्लो समय दशैंमा किताब पढ्नेहरुको संख्या दिनानुदिन बढिरहेका बेला ग्राहकहरुलाई लक्षित गर्दै यस्तो स्किम ल्याईएको हो ।
किताब यात्रा प्रालिले स्थापनाकालदेखि नै किताब प्रेमीहरुको मन जित्न सफल भएको छ । पछिल्लो समय अनलाइनमार्फत किताब खरिदमा ग्राहकको पहिलो रोजाई बन्न सफल किताब यात्रा प्रालिले किताब जात्रा २०२० समेत आयोजना गरिसकेको छ ।