बलराम, रामकृष्ण र अमृताको दशैं राम्रो

काठमाडौं । हिन्दुहरुको महान चाड बडा दशैंको अवसर पारेर ‘दशैं राम्रो’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बलराम श्रेष्ठ, रामकृष्ण परियार र अमृता लुगेली मगरको स्वर, बलराम श्रेष्ठको शब्द तथा संगीत र मनोहर सुनामको एरेन्ज छ ।

बलराम श्रेष्ठ र रामकृष्ण परियारले संयुक्त निर्देशन गरेको भिडियोमा कलाकारहरु बलराम श्रेष्ठ, रामकृष्ण परियार, नमुना दाहाल, मौसम माया तामाङ, एक कस्पाल, भक्ति श्रेष्ठ, सुदिप श्रेष्ठ, मिलन रोयल राई, ममता श्रेष्ठ बाल कलाकार संरक्षक, रेश्मा परियारको अभिनय रहको छ ।

भिडियोमा एनएफडी अनामनगरको सम्पादन, जयराम थापाको छायांकन छ । डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।