रोजलको फिटनेस सेन्टरमा हरेक सुविधा

काठमाडौं । काठमाडौंको मुटु मानिने कमलपोखरीस्थित सिटी सेन्टरको पाँचौं तलामा बज्र ननिताज फिटनेश सेन्टर सञ्चालनमा आएको छ । यो फिटनेश सेन्टर शनिबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

रोजल शाहीले सञ्चालनमा ल्याएको उक्त फिटनेश सेन्टरको शनिबार मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, अभिनेता सविन श्रेष्ठ, फिल्म निर्देशक सुर्दशन थापा र मोडल मन्चिन शाक्यले संयुक्तले उद्घाटन गरे ।

यो फिटनेश सेन्टरले फिटनेशसम्बन्धी सबै सुविधा प्रदान गर्ने सञ्चालक रोजलले बताएका छन् । बज्र ननिताज फिटनेश सेन्टरको शाखा ललितपुरको भैंसेभपाटीमा समेत रहेको छ ।