प्रशंसासँग रोमान्टिक दर्पण

काठमाडौं । गीतकार दर्पण राईको नयाँ गीत माया यस्तो बनोस् हाम्रो’ को भिडियो सार्वजनिक भएको छ । मोडल तथा गायिका सम्झना राई र संगीतकार तथा गायक विक्रम राईको स्वर रहेको गीतको कथात्मक भिडियोमा गीतकार दर्पण र मोडल प्रशंसा फिचर्ड छन् । गीतमा अजय कार्कीको संगीत छ ।

मिलन चाम्सको निर्देशन रहेको भिडियोमा राम केसीको छायांकन छ । एमएमएस इन्टरटेनमेन्टको अफिसियल यु–ट्युब च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोमा सन्देश शाहको सम्पादन छ ।