जो पूर्व प्रेम सम्झिएर टेलिभिजनमै रोए

मुम्बई(एजेन्सी) । भनिन्छ कलाकारहरु निकै राम्रोसँग आफूलाई भावुक हुनबाट नियन्त्रण गर्छन् । तर कैयौं यस्तो अवस्था आएका छन्, जहाँ कलाकारले आफूलाई सम्हाल्न सकेका छैनन् । टेलिभिजन जगतका केही अनुहारहरु आफ्नो पूर्व प्रेमी वा प्रेमिकालाई सम्झिएर राष्ट्रिय टेलिभिजनमा नै रोएका छन् ।

हिमांश कोहलीसँगको ब्रेकअप पछि एक रियालिटी शोमा नेहा कक्कड निकै रोएकी थिइन् । उनको त्यो तस्बिर सामाजिक सन्जालमा भाइरल पनि भएको थियो । त्यस्तै रश्मी देशाई पनि अरहान खानको सत्य कुरा बाहिर आउनासाथ रोएकी थिइन् । अरहानको इविक्सन पछि रश्मी उनलाई सम्झेर निकै रोइन् ।

राष्ट्रिय टेलिभिजनमा एजाज खानले आफूले सम्बन्धलाई थाहा पाउँदा आफ्नो जीवन पूर्ण रुपमा नष्ट भइसकेको बताएका थिए । त्यहीबेला उनले आफ्नो सम्बन्धलाई शतप्रशित दिन नसकेको भन्दै उनी रोएका थिए । राजीव खण्डेलवालको शोमा आएर दिव्यांका त्रिपाठीले आफ्नो पुराना कुराको स्मरण गरिन् । पुराना सम्बन्धको सत्यता बताउदा उनी रोएकी थिइन् ।

दिव्या अग्रवाल राष्ट्रिय टेलिभिजनमा आफ्नो सम्बन्धमा गरिएको हल्लालाई सहन सकिनन् । त्यसपछि उनले टेलिभिजनमै आएर प्रियांकसँग ब्रेकअपको घोषणा गरिन् । बीग बोस १३ मा दिव्यालाई सम्झँदै प्रियांक कैयौं पटक भावुक भएका थिए । बीग बोस १४ का प्रतियोगी राहुल वैद्य हालै आफ्नो पुरानो सम्बन्धको कुरा गरिरहँदा भावुक भएका थिए ।