काठमाडौं । बिर्तामोडमा बसेर गीत संगीतसँगै अटो मोबाईल व्यवसाय क्षेत्रमा संलग्न गीतकार चुडामणि पौडेलको ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ । गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्ध गरेका छन् । रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारी फिचर्ड छन् । आइपी आचार्यले कोरियोग्राफी गरेको भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको छ ।