काठमाडौँ । बेलायतमा हुर्के बढेकी भए पनि दिप्ता थापालाई नेपाली गीत संगीत र साहित्यको चिन्ता छ । ५ वर्षकै उमेरमा बेलायत पुगेकी दिप्ता आफ्नो मातृभाषा सँधै बचाइराख्नुपर्छ भन्ने पक्षमा छिन् । बेलायतमा जन्मिएका नयाँ पुस्तालाई नेपाली गीत र संगीतमा प्रवेश गराउन दिप्ता थापा अग्रसर भएकी छिन ।
अंग्रेजी संस्कारमा हुर्किएकी १८ वर्षीय दिप्ताले नयाँ पुस्तालाई मातृ भाषाका गीत, गायन र संगीत तर्फ आकर्षित गर्ने अपेक्षाबिच दिप्ताको स्वरमा रहेको म्यूजिक भिडियो ‘यो जिन्दगी’को भिडियो सार्वजनिक भएको छ । भिडियो बेलायतस्थित नेपाली राजदुत डा.दुर्गाबहादुर सुवेदीले सार्वजनिक गरेका हुन् ।
दिप्ता थापाको स्वर रहेको गीतमा शिखर सन्तोषको संगीत, सन्जित देउजाको शब्द रहेको छ । दिप्ताकै अभिनय रहेको भिडियोमा कोरियोग्राफरको भूमिका दिप्ताकै आमा सुनिता र मेकअप दिपिका श्रेष्ठको रहेको छ । भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका छन् । निर्देशक श्रेष्ठले ३ दर्जन बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् ।