कुली नम्बर १ मा पाँच वरुण

मुम्बई(एजेन्सी) । अभिनेता वरुण धवन र अभिनेत्री सारा अली खान स्टारर फिल्म ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा छन् । थिएटरमा रिलिज हुने तयारीमा रहेको यो फिल्म कोरोना महामारीका कारण अमेजर प्राइम वीडियोजमा रिलिज हुँदैछ । फिल्मको चाँडै ट्रेलर आउँदैछ । अभिनेता वरुणले ट्रेलर रिलिजको मिति घोषणा गर्दै एक पोस्टर पनि सार्वजनिक गरेका छन् ।

पोस्टरमा सारा परम्परागत पहिरनमा देखिएकी छन् । त्यही वरुण चाहिँ पाँच भिन्न भिन्न लुक्समा छन् । जसमा उनी युवती, कुली र अन्य विभिन्न गेटअपमा देखिएका छन् । वरुणले ट्रेलर २८ नोभेम्बरमा रिलिज हुने जानकारी दिँदै अमेजन प्राइम भिडियोको फेसबुक र युट्युबमा आउने जनाएका छन् ।

फिल्ममा डेभिड धवनको निर्देशन छ । यो फिल्म धवनको ४५ औं फिल्म हो । डेभिडले यसअघि सन् १९९५ मा यही नाममा फिल्म बनाएका थिए । फिल्ममा गोविन्दा र करिश्मा कपूर प्रमुख भूमिकामा थिए ।