मुम्बई(एजेन्सी) । भनिन्छ, साँचो प्रेम गर्नेले न त उमेर हेर्छ, न त रुप रंग नै । धर्मको ढोका होस् वा उमेरको अन्तर प्रेम यी सबैकुरा भन्दा माथि हुन्छ । खासगरी बलिउड सेलिब्रेटीको प्रेमले कसैलाई बन्धनमा बाँधेन । बलिउडमा यस्ता केही अभिनेत्रीहरु छन्, जसको उमेर आफ्नो श्रीमान भन्दा जेठो छ ।
यो सूचीमा पहिलो नाम कोरियोग्राफर र निर्देशक फराह खानकै आउँछ । ३ वर्षको उमेरमा फराहले फिल्म सम्पादक शिरीष कुन्द्रका साथ विवाह गरे । विवाह अघि यो जोडीले कैयौं फिल्ममा काम गरेका थिए । उमेरको हिसाबले फराह शिरीष भन्दा ८ वर्ष जेठी छिन् ।
बलिउडकी डिम्पल गर्ल प्रिती जिन्टाले सन् १९९८ मा फिल्म ‘दिल से’बाट बलिउडमा पाइला चालिन् । उनले छोटो समयमा नै फिल्म जगतमा पहिचान बनाइन् । उनले सन् २०१६ मा अमेरिकी प्रेमी जीन गुडइनफसँग विवाह गरिन् । जीन प्रिती भन्दा दुई वर्ष कान्छा छन् ।
बलिउड अभिनेत्री विपाशा बसु जहिल्यै आफ्नो फिटनेसका कारण चर्चामा रहिन् । उनले सन् २००१ मा फिल्म ‘अजनबी’बाट बलिउडमा पाइला चालिन् । उनले सन् २०१६ अप्रिल ३० मा अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन् । करण विपाशा भन्दा तीन वर्ष कान्छा छन् ।
अभिनेता सैफ अली खानकी बहिनी र शर्मिला टैगोरकी छोरी सोहा अली खान फिल्ममा आफ्नो नाम कमाउन सकिनन् । सन् २०१५ मा उनले अभिनेता कुणाल खेमुसँग विवाह गरिन् । कुणाल सोहा भन्दा पाँच वर्ष कान्छा छन् ।
बलिउडकी सुन्दर अभिनेत्रीमध्ये एक ऐश्वर्या राय बच्चनले सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरिन् । अभिषेकले ऐश्वर्यालाई विवाह प्रस्ताव राखेका थिए । ऐश्वर्या अभिषेक भन्दा दुई वर्ष जेठी छिन् ।
अभिनेता फरहान अख्तर र उनकी पहिलो पत्नी अधुना भंबानीको उमेर अन्तर ६ वर्षको थियो । हाल यो जोडी अलग भइसकेका छन् । फरहान शिबानी दाण्डेकरसँग डेटमा छन् ।
सन् ८० र ९० को दशकमा बलिउडमा धुम मचाएकी अभिनेत्री अमृता सिंहले अभिनेता सैफ अली खानसँग विवाह गरेकी थिइन् । उनीहरुको उमेर अन्तर करिब १२ वर्षको थियो । यो जोडीले सम्बन्धविच्छेद गरिसकेका छन् । अमृतासँग डिभोर्स भएपछि सैफले करीना कपुरसँग विवाह गरे ।
पूर्व मिस वल्र्ड प्रियंका चोपडाको चर्चा सारा विश्वमा हुन्छ । सन् २०१८ मा उनले आफ्नो उमेरभन्दा १० वर्ष कान्छा निक जोनाससँग सात फेरा लगाइन् । उनको विवाहमा उनलाई निकै ट्रोल पनि गरिएको थियो । तर उनले कुनै वास्ता गरिनन् ।